Logo

आज पनि बानेश्वर आसपास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई



काठमाडौं, १३ फागुन । आज बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने भएपछि बानेश्वर आसपास प्रदर्शनको सम्भाबनालाई मध्यनजर गर्दै आजपनि कडा सुरक्षा व्यवस्था गरिएको छ ।

काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रहरीको ठुलो संख्या तैनाथ गरिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न राजनीतिक दल विरोधका कार्यक्रमहरु राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्