Logo

युक्रेनमा रहेका नेपालीहरुलाई आफ्नो साथमा काजगपत्र बोक्न र घरभित्रै सुरक्षित रहन दुतावासको आग्रह



काठमाडौं, १३ फागुन । जर्मनीमा रहेको नेपाली दुतावासले हवाई मार्गबाट तत्काल युक्रेन छाड्न नसकिने भएको भन्दै आफु बसोबास गरेको स्थानमा संयमता अपनाई सुरक्षित रहन आग्रह गरेको छ।

दुतावासले युक्रेन सरकार र सम्बन्धित कलेज तथा विश्वविद्यालयले जारी गरेको निर्देशन पालना गर्न पनि नेपालीहरुलाई अनुरोध गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै दुतावासले सडक तथा रेलमार्गबाट युक्रेनकै परिश्चमतर्फ सुरक्षित ठाउँमा जान, गुगल म्यापको सहायता लिन, घटनाक्रमको बारेमा नियमित रुपमा अद्यावधिक जानकारी राख्न पनि सुझाव दिएको छ ।

साथै दुतावासले बाहिर निस्किदा राहदानी, सवारी चालक अनुमति पत्र, बैंकको कार्डलगायत आवश्यक कागजात साथमा राख्न सल्लाह दिएको छ । साथीभाई, परिवार तथा नियोगसँग निरन्तर सम्पर्कमा रहनसमेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्