Logo

गंगुबाईका परिवारले ‘गंगुबाई काठियावाडी’ फिल्मको रिलिज रोक्न माग



एजेन्सी, १३ फागुन । चर्चित फिल्म निर्माता सञ्जय लीला भन्सालीको फिल्म गंगुबाई काठियावाडी रिलिजअघि नै विवादमा परेको छ । फिल्मको ट्रेलरमा गंगुबाईलाई बजारी महिलाको रुपमा देखाइएको छ, जसका कारण उनका परिवारका सदस्य र कामाठीपुराका जनता निकै आक्रोशित भएका छन् ।

गंगुबाईका धर्मपुत्र र उनका जनताले अहिले सञ्जय लीला भन्सालीको फिल्म रिलिज रोक्न माग गरिरहेका छन् । यी मुद्दाहरू अहिले सर्वोच्च अदालतमा छन् जहाँ छिट्टै फैसला हुन लागेको छ । गंगुबाई काठियावाडी भन्दा पहिले पनि सञ्जयका धेरै फिल्महरु विवादमा परेका थिए ।

सन् २०१८ मा रिलिज भएको दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर स्टारर फिल्म पद्मावत निकै विवादमा परेको थियो । यस फिल्ममा रानी पद्मावतको कथा देखाइएको थियो तर धेरै धार्मिक दल यसको विरोधमा थिए ।

फिल्म जयपुरको जयगढ फोर्टमा छायांकन गरिएको थियो, जहाँ करणी सेनाका मानिसहरूले जनवरी द्दठ मा सेटमा प्रवेश गर्दा हंगामा मच्चायो। यति मात्र होइन, आक्रोशित व्यक्तिले सञ्जय लीला भन्सालीमाथि हात उठाएर सेटमा तोडफोड समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot