Logo

सैफअली खानको ‘विक्रम वेधा’को फर्स्ट लुक सार्वजनिक



एजेन्सी, १३ फागुन । बलिउड अभिनेताहरु ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधाको विक्रम अर्थात सैफको फर्स्ट लुक सार्वजनिक भएको छ ।

यो जानकारी फिल्मका लेखक निर्देशक स्वयम् पुष्कर र गायत्रीले दिएका हुन् । सैफको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘विक्रम वेधाको विक्रमको एक्सक्लुसिभ लुक यहाँ छ । फिल्म सेप्टेम्बर ३० मा विश्वभर रिलिज हुँदैछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot