Logo

यक्रेनी राष्ट्रपतिले भनेः हामी एक्लै पर्यौं, साथ लड्ने कोही भएन



एजेन्सी, १३ फागुन । युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्सीले रुसले हमला गरेपछि आफूहरु एक्लै प्रतिरक्षा गरिरहेको बताएका छन् । उनले भिडियो सन्देशमार्फत् आफूहरु एक्लै परेको समेत बताए ।

‘हामीलाई सहयोग गर्ने देशहरुप्रति कृतज्ञ छौं,’ जेलेन्सीले भने,‘हामी हाम्रो देशको प्रतिरक्षाका लागि एक्लै पर्यौं । हाम्रो साथमा को लड्न तयार छ ? इमान्दारपूर्वक भन्नुपर्दा कोहीपनि देखिएनन् ।’

१२ फागुनमा रुसले युक्रेनमाथि हमला गरेपछि विश्वभरका अधिकांश देशले विरोध गरेका छन् । युक्रेनले रुसविरुद्ध कडा नीति लिएर हतियार र सैन्य सहयोग गर्न भनेपनि पाएन । त्यसपछि जेलेन्सीले धेरै देशहरु रुससँग डराएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्