Logo

प्रचण्डजीले ओलीसँग सहकार्यको प्रस्ताव राख्नुभयो, उहाँले सभामुख हटाउनुपर्छ भन्नुभयो : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एमसीसीकै पक्षमा देखिएको बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, फेरि पनि उहाँ एमसीसीकै पक्षमा देखिनुभएको छ । प्रचण्डजीले सहकार्यको प्रस्ताव राख्नुभयो, तर उहाँले सहकार्यको लागि उहाँले सभामुखलाई हटाउनुपर्छ भन्नुभयो, माधव नेपालसहितका सांसदहरु हटाउनुपर्छ भन्नुभयो । नेकपाकालिन समयमा प्रचण्डलगायत कमरेडले तयार पारेको १९ बुँदे प्रस्ताव तयार गर्नुभएको थियो, त्यो बेलाको बहसको रुपमा उठेको थियो त्यो डकुमेन्ट । उहाँले १९ बुँदे प्रस्ताव खारेज गर्नुपर्ने प्रस्ताव राख्नुभयो ।”

उनले कांग्रेस र एमालेको नजरमा कुनैपनि देशभक्त कार्य स्विकार्य नभएको टिप्पणी गरे । उनले एमसीसी देशको हितमा नभएको सुनाए । उनले सभामुख पार्टीबाट स्वतन्त्र भएपनि हरेक देशभक्तको आस्था हुने सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot