Logo

एमसीसी पास गराउनको लागि देउवा र ओली मिल्नुको विकल्प छैन् : राजकिशोर यादव (भिडिओसहित)



काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालका प्रभवशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले पार्टीले एमसीसीको पक्षमा उभिने कि नउभिने भनेर आधिकारिक निर्णय नगरेको स्पष्ट पारेका छन् । तर, आफूहरु भने एमसीसीको पक्षमा रहेको यादवको भनाई छ ।

उनले जसपाका बहुमत सांसदहरु एमसीसीको पक्षमा उभिएको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसीसी पास गराउनको लागि कांग्रेस र एमालेबीच सहकार्य हुनुको विकल्प नभएको जिकिर गरे । उनले अहिले एमसीसी पास गराउनेगरि दलहरुबीच घनिभूत छलफल भैरहेको सुनाए ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको विपक्षमा मतदान गर्ने हो भने सरकारबाट बाहिरिनुपर्नेमा जोड दिए । तर, अहिले एमसीसीमा मतदान नभएकोले पाँच दलीय गठबन्धन कायमै रहेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्