Logo

खोप किन्न विश्व बैंकबाट २ अर्ब ऋण



काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकबाट थप २ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । नेपाल सरकारले ‘कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजना’ का लागि उक्त ऋण लिन विश्व बैंकसँग शुक्रबार हस्ताक्षर गरेको छ । प्रस्तावित ऋणबाट कोभिड–१९ विरुद्धको खोप अभियान विस्तारमा सहजता आउने र ५ वर्षभन्दा माथि उमेर समूहका लागि सुरक्षित र प्रभावकारी खोप खरिदका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् । थप ऋणबाट विशेष गरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा पुग्ने अर्थ सचिव मरासिनीले बताए ।



प्रतिक्रिया दिनुहोस्