काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ललितपुरको ग्वार्कोमा बैठक सुरु भएका हो । जसपामा लामो समयदेखि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठकको माग गरेका थिए । तर, अध्यक्ष उपेन्द्र यादवले भने बैठक टार्दै आएका थिए । जसपामा यादव सबै कमिटीमा अल्पमतमा रहेको चर्चा छ ।
आजको बै७कमा एमसीसी, स्थानीय चुनाव, समसामयिक राजनीतिक घटनाक्रम लगायतका एजेण्डामा छलफल हुने बताईएको छ । बैठकको सुरुवातमै यादव र भट्टराई पक्षका नेताहरुबीच चर्काचर्की परेको कुरा बाहिर आएको छ ।