Logo

स्कुल गएकी १२ वर्षीया बालिकाको शव गाडेको अवस्थामा भेटियो



घटनामा सम्लग्न भएको आशंकामा एक वृद्धसहित २ जना नियन्त्रणमा

मोरङ, १३ फागुन । मोरङमा विद्यालयमा अध्ययन गर्न गएकी १२ वर्षीया बालिकाको शव गाडेको अवस्थामा फेला परेको छ । लेटाङस्थित लालहिरा सामुदायिक वनमा भोगटेनी नगरपालिका–८ ज्यामिरे टोलकी करुणा राईको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव नग्न अवस्थामा फेला परेको स्थानीयहरुले बताएका छन् । बालिका राईको शव पोस्टमार्टमको लागि विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ ।

राई स्थानीय जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् । उनी बुधबार दिउँसोबाट स्कुलबाट घर फर्कने क्रममा बपेत्ता भएपछि परिवारले खोजी गर्न प्रहरीलाई खबर गरेका थिए । बालिका राईको शरीरका अन्य भागमा पनि चोट लागेको छ ।

घटनामा सम्लग्न भएको आशंकामा एक वृद्धसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्