Logo

अब वैदेशिक रोजगारमा जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुने



काठमाडौं, १३ फागुन । वैदेशिक रोजगारमा जाने श्रमिकहरुको पीसीआर परीक्षण अब निःशुल्क हुने भएको छ । आज स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको स्वास्थ्यमन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालको संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा दिने र मौलिक हक प्रत्याभुति दिने व्यवस्थाअनुसार यस्तो निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लाागि निःशुल्क पीसीआर परीक्षण गर्न पाइने छ। परीक्षणको लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्न पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot