काठमाडौ, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।
३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको हो ।
महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय पुगेको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम