Logo

‘ए’ डिभिजन लिगः पहिलो हाफमा जावलाखेललाई अग्रता



काठमाडौं, १३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत अहिले जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा जावलाखेलले १–० गोलको अग्रता बनाएको छ ।

खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन्।

जावलाखेल १२ खेलमा १३ अंकका साथ दशौँ स्थानमा रहेको छ भने संकटा १२ खेलमा १५ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot