Logo

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु



१३ फागुन: इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

“म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोँच सकेनौ, एकाएक भागिएछ,” एक प्रत्यक्षदर्शीले भने ।भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पका कारण आँधीको संभावना भने नरहेको जनाइएको छ । भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा देखिएका छन् ।इन्डोनेसियाको प्रकोप व्यवस्थापन सम्वन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समेत समस्या उत्पन्न भएको छ ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot