Logo

साझाले फेरी पायो ३ सय बिजुली बस खरिद गर्ने जिम्मा



काठमाडौं, १३ फागुन । साझा यातायात प्रा.लिले ३ सय वटा बिजुली बस खरिद गर्न जिम्मा पाएको छ । सरकारले बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझालाई दिँदै आएको भएपनि खोसेको थियो । तर फेरी खरिदको जिम्मा साझालाई नै दिएको हो ।

साझाले पहिलो चरणमा ४० वटा बिजुली बस खरिद गर्दैछ । जसको मुल्य १ अर्ब पर्ने भएको छ । तोकिएको मापदण्ड बमोजिमको बस खरिद गरी ३ वटा बस चैत्र महिनामै नेपाल आइपुग्ने भएको छ ।

बस पुर्ण अपांगमैत्री, ३२ सिटे विद्युतीय बसमा १६० क्षमताको ब्याट्री रहने जनाइएको छ । ३ सय वटा बस खरिद गर्न ३ अर्ब रकम सरकारले साझालाई उपलब्ध गराउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot