Logo

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, एमसीसीबारे वारपारको निर्णय लिने



काठमाडौं, १३ फागुन । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । प्रचण्डसँग भेट्नुअघि माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

उक्त भेटमा माधव नेपालले हतारमा एमालेसँग सहकार्य नगर्न सुझाव दिएका थिए । एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरमराउन थालेपछि दाहाल र नेपालबीचको भेटवार्ता पनि बाक्लिएको छ । यी दुवै दलले एमसीसीको पक्षमा मत नहाल्ने निर्णय गरिसकेका छन् ।

यदि एमसीसीको विपक्षमा मत हाले सरकारमा बस्नुको औचित्य नहुने भन्दै पार्टीभित्रैबाट दबाब आएपछि अब के गर्ने र कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन दुई नेताबीच अहिले भेटवार्ता जारी छ। एमसीसी सदनमा पेश भैसकेको छ ।

प्रतिनिधिसभाको बैठक फागुन १५ गते बस्ने तय भएको छ । त्योभन्दा अघि नै सत्ता गठबन्धनमा एमसीसी पास गराउनेबारे उच्चस्तरको समझदारी भैसकेको चर्चा छ । यही सन्दर्भमा प्रचण्ड र माधव नेपालबीच अहिले भेटवार्ता भैरहेको हो ।

प्रधानमन्त्री देउवाले एमालेको साथ लिएर भएपनि अघि बढ्ने चेतानवी दिएपछि प्रचण्ड र माधव नेपाल गठबन्धन जोगाउनेगरि अघि बढ्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्