Logo

केपी ओलीले न भाले न पोथीको चाल देखाइरहनुभएको छः माधव नेपाल



काठमाडौं, १३ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे निर्णय नलिएकोमा न भाले न पोथीको चाल भनेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर त्यस्तो टिप्पणी गरेका हुन् ।

देउवासँगको भेटपछि पत्रकारहरुको प्रश्नमा नेपालले भने,‘मुख्य कुरा केपी ओलीले एमसीसीलई समर्थन गर्ने । तर, समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल देखाइरहनुभएको छ ।’

नेपालले ओलीबाट आएका भनिएका सर्तहरुले चिन्तित बनाएको बताए । आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाभियोग लगाउनुपर्ने जस्ता सर्त ओलीले राखेर एमसीसीमा समर्थन गर्छु भन्ने प्रस्ताव राखेको कुराहरु आएको भन्दै गम्भीर भएको बताए । उनले ओलीको सर्तहरु खतरनाक भन्दै गम्भीर हुनुपर्नेमा जोड दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्