एजेन्सी, १३ फागुन। रुसले बेलायती विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ। युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक विमान ‘एरोफ्लोट’लाई प्रतिबन्ध लगाएपछि रुसले जवाफमा बेलायतका सबै विमानहरुलाई प्रतिबन्ध लगाइएको हो।
‘युकेनमा लिङ्क गरिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणले भनेको विषयलाई उदृत गर्दै संचारमाध्यमहरुले लेखकको छ ।
उक्त निर्णयलाई “युके उड्डयन अधिकारीहरूको अमित्रपूर्ण निर्णय’’को प्रतिक्रियाको रूपमा रुसले व्याख्या गरेको जनाइएको छ।-Photo: Agency