Logo

देउवा-प्रचण्ड भेटवार्तामा के के भयो ?



काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले गठबन्धन जोगाउने सूत्रसहित देउवासँग छलफल गरेको बुझिएको छ ।

देउवाले गठबन्धनको विकल्पमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद बढाएपछि प्रचण्ड जोगाउन सक्रिय भएका छन् । देउवा साँझ ओलीसँग भेट्न जानुअघि प्रचण्डले अर्थमन्त्री जर्नादन शर्मालाई लिएर भेटवार्ता गरेका हुन् ।

देउवाले एमसीसी अनुमोदन गर्नुबाहेक विकल्प नभएको बताएको बुझिएको छ । प्रचण्डले निकासको विकल्पबारे विभिन्न प्रस्ताव राखेको विश्वस्त स्रोतले बताएको छ । उनले गठबन्धन जोगाउने विषयलाई केन्द्रमा राखेर सहमतिमा जान सकिने सम्भावना औल्याएको बुझिएको छ ।

भेटमा देउवाको साथमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए । भेट गठबन्धन जोगाउने दिशामा सकारात्मक भएको दाबी गरिएको छ ।

यसअघि आजै प्रचण्ड र माधव नेपालबीच भेटवार्तापछि नेपाल बालुवाटार पुगी देउवालाई भेटेका थिए । उनले गठबन्धन जोगाउनेबारे छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्