Logo

‘रुससँग सम्झौताका लागि युक्रेन तयार’



एजेन्सी, १४ फागुन । रुसले युक्रेनको राजधानी किभ कब्जा गर्न लागेपछि शान्ति वार्ताको प्रयासहरुले गति लिएका छन् । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की शान्ति र युद्धविरामका लागि सम्झौता गर्न तयार भएको उनका प्रेस सचिव सेरगेइ निकिफोरोभले फेसबुक एकाउन्टमा लेखेका छन् ।

रुससँग वार्ता र सम्झौताका तयारीहरु बढाइएको उल्लेख छ । रुसले वार्ताका लागि तयार रहेको जनाइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना तर्फबाट प्रतिनिधि बेलारुस पठाउने जनाइसकेका छन् ।

रुसी फौज चारै दिशाबाट युक्रेन पसेर मुख्य शहरहरु कब्जा गरिसकेका छन् । राजधानी किभमा नियन्त्रण बनाउन रुसी सैनिक बसेपछि भिडन्तहरु भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणको तेस्रो दिनसम्मा युक्रेनको मुख्य शहरहरुमा रुसी फौज पसिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्