काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि युद्ध जारी रहेको बताएका छन् । उनले माओत्से तुङले युद्ध भनेको रक्तपातपूर्ण राजनीति भनेको र अनि राजनीति भनेको रक्तपातहीन युद्ध नै हो भनेर भनेको उल्लेख गर्दै अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताए ।
आज (शनिबार) नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिसभामा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, युद्धि सकिएको छैन्, युद्ध रोकिएको छैन् । खाली हामी हिंसामा छैनौं । बन्दुक लिएका छैनौं हामीले। तर, युद्ध त जारी छ । यो कुरा सबै दलित प्रतिनिधिहरुले बुझ्न जरुरी छ । उनले संविधानमा धेरै मेहनत गरेर हकअधिकार राखेको भएपनि कार्यान्वयनको पाटोमा संघर्ष गर्न जरुरी रहेको सुनाए ।
फरक प्रसँगमा उनले आफूहरु गठबन्धन जोगाएर अघि बढ्नेगरि छलफलमा रहेको सुनाए । एमसीसी परियोजनाले कतै यो गठबन्धन नै तोडिने हो कि भन्ने आशंका देखा परेको उनको भनाई छ ।
https://www.facebook.com/prachanda.nepal/videos/4780988061998959