Logo

एमसीसीमा सबै दलबीच सहमति बनाउनको लागि समय लिईरहेका छौं : कानूनमन्त्री बडु (भिडिओसहित)



काठमाडौं, १४ फागुन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सबैको साथ लिएर एमसीसी पास होस भनेर आफूहरुले चाहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री बडुले यस्तो बताएका हुन् ।

उनले एमसीसी सत्ता पक्ष र प्रतिपक्षको विषय नभएको पनि उल्लेख गरे । उनले अनुदानमा प्राप्त हुने रकम छोड्न नहुने बताए । आफूहरुले सबै दलबीच सहमतिको वातावरण बनाउनको लागि समय लिएको पनि उनको भनाई छ ।

उनले एमसीसी नेपालको निम्ति आवश्यक र हितमा रहेको स्पष्ट पारे । उनले सुरुमा एमसीसी संसद्मा लैजान नहुने भनेर पनि भनिएको भएपनि अहिले संसद्मा पुगिसकेको बताए । उनले एमसीसी सडकको विषय नभएर संसद्को विषय भएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्