Logo

हेरम्ला यसपटक! माधव नेपालकाे पार्टीले एउटा वडा सदस्य पनि जित्दैन: गोकुल बास्कोटा



काठमाडौँ, १४ फागुन। नेकपा (एमाले)का नेता गाेकुल बास्काेटाले माधव नेपालकाे पार्टी नेकपा (एस)ले स्थानीय चुनावमा एउटा पनि वडा सदस्य जित्न नसक्ने दाबी गरेका छन् । नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशनमा बाेल्दै उनले यस्ताे दाबी गरेका हुन् ।

महासंघको प्रदेश अधिवेशनमा बाेल्दै उनले भने, ‘हेरम्ला यसपटक! माधव नेपालकाे पार्टीले एउटा वडा सदस्य पनि जित्दैन। माओवादीकाे यसाे तीन-चार सिट देखिन्छ । त्याे पनि चितवनबाट । माओवादीकाे देशभर निर्वाचन क्षेत्र छैन । कि राेल्पा जानुपर्‍‍याे कि रुकुम जानुपर्‍याे । त्यहाँ पनि भन्न सकिन्न । अब माओवादीकाे खैरियत छैन।’-File Photo



प्रतिक्रिया दिनुहोस्