Logo

महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला



काठमाडौँ, १४ फागुन। महोत्तरीको मटिहानी नगरपालिका–२ धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ। धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा कुकरजस्तो देखिने वस्तु झोलाभित्र राखिएको अवस्थामा फेला परेको हो।

प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको रणभीम गणको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot