Logo

निर्माता सुदर्शन थापा प्राइम टिभीबाट पक्राउ, अहिले बानेश्वर वृत्तमा सोधपुछ हुँदै



काठमाडौं, १४ फागुन । फिल्म निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पल शाह अभिनित म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता थापालाई प्रहरीले आज अपरान्ह प्राइम टिभीको परिसरबाट पक्राउ गरेको हो ।

थापा ऋषि धमलाको चर्चित कार्यक्रम धमलाको हमलामा ईन्टरभ्यु दिनको लागि प्राइम टिभी पुगेका थिए । धमलाकाअनुसार थापालाई बानेश्वर प्रहरी वृत्तले सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

पल शाहमाथि नाबिालका बलात्कारको अभियोग छ । उनी अहिले प्रहरीको फरार सूचिमा छन् । उनलाई पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरीलाई सर्कुलेशन जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot