Logo

युक्रेनको राजधानी किभमा रुसी फौज पसेपछि भिषण युद्ध



एजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेको तेस्रो दिनमै राजधानी किभ कब्जा गर्न खोजेको छ । रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको छ ।

किभको सडकमा भिषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् । रुसले सैन्य अखडाहरुमा मात्र हमला गरेको भनिएपनि सर्वसाधारण बस्ने भवनहरुमा समेत मिलाइल हानेको छ ।

युक्रेन सरकारले दशौं हजार हतियार सर्वसाधारणलाई बाँडेको छ । किभका जनतालाई रुसी सेनाविरुद्ध लड्न आव्हान गरेको छ । जसका कारण सडकमा भिषण लडाईं चलेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आत्मसमर्पण नगर्ने र देशको रक्षाका लागि लड्ने दृढता व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनका नागरिकलाई युद्धको ढाल नबनाउन चेतावनी दिएका छन् । उनले युक्रेनी सैनिकलाई सत्ता लिन भनिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot