Logo

रुस र युक्रेन को कति बलिया (सैन्य शक्तिसहितको तथ्यांक)



एजेन्सी, १४ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसले १२ फागुनबाट युक्रेनमाथि हमला सुरु गरेको छ । तीन दिनमै रुसी सैनिक युक्रेनको राजधानी किभ छिरेको छ ।

सोभियत संघ हुँदा यी दुई एउटै देश थिए । सोभियत संघ १५ वटा राज्यमा विभाजित हुँदा रुस, युक्रेन र बेलारुस एउटै देश भएर बस्ने कुरा पनि भएको थियो । तर, सन् १९९१ मा युक्रेन स्वतन्त्र भयो ।

युक्रेन आणविक शक्तिका दृष्टिले विश्वमा तेस्रो स्थानमा थियो । तर, सन् १९९४ मा उसलाई आणविक हतियाररहित देश बनाइयो । युक्रेनको सुरक्षाको सुनिश्चिता गर्नेबारे रुस, अमेरिका र बेलायतले सम्झौता गरेका थिए ।

शक्ति, स्रोत र सामथ्र्यका दृष्टिले रुस युक्रेनभन्दा निकै शक्तिशाली छ । एसएस मिलिटरी ब्यालेन्सको सन् २०२२ को तथ्यांकमा युक्रेनसँग २ लाख सैनिक छन् भने रुससँग ९ लाख सैनिक छन् । अर्कोतर्फ रुससँग २० लाख सैनिक तालिम लिएकाहरु तयारी अवस्थामा राखिएका छन् । युक्रेनसँग ९ लाख त्यस्ता तालिमप्राप्तहरु छन् ।

रुससँग लडाकु गाडी युक्रेनको भन्दा पाँच गुणा बढी छ । लडाकु विमान दश गुणा र हेलिकोप्टर १८ गुणा बढी छन् । रुससँग ४९ पनडुब्बी छन् भने युक्रेनसँग छैन ।

एसएस मिलिटरी ब्यालेन्स २०२२ का अनुसार युक्रेनले भन्दा रुसले १० गुणा बढी सैन्य खर्च गरेको तथ्यांक छ ।

सैन्य शक्तिका दृष्टिले रुस विश्वको दोस्रो स्थानमा पर्छ । युक्रेन २२औं स्थानमा पर्छ ।

रुस र युक्रेनसँग भएका हतियार
रुस
सैनिकः ९ लाख
रिजर्भ सैनिकः २० लाख
लडाकु गाडीः १५८५७
लडाकु विमानः १३९१
हेलिकोप्टरः ९४८
पनडुब्बीः ४९
सैन्य खर्चः ४५ अर्ब ८० करोड डलर

युक्रेन
सैनिकः १ लाख ९६ हजार
रिजर्भ सैनिकः ९ लाख
लडाकु गाडीः ३३०९
लडाकु विमानः १३२
हेलिकोप्टरः ५५
पनडुब्बीः ०
सैन्य खर्चः ४ अर्ब ७० करोड डलर
स्रोतः एसएस मिलिटरी ब्यालेन्स, २०२२

इन्डियन एक्सप्रेसले उल्लेख गरे अनुसार रुससँग १२ हजार ५ सय ट्यांक छ । ६ सय युद्धक जहाज छन् । रुससँग एक युद्धपोत जहाज छ ।



प्रतिक्रिया दिनुहोस्