Logo

एमसीसी संसद्‌बाट पारित गराउन साथ नदिने भए माओवादीले सरकार छोड्नुपर्छ : डा. भट्टराई



काठमाडौँ, १४ फागुन।: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्‌बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताएका हुन् ।

उनले आफूहरु संसद्‌बाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागि परेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसद्‌बाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए । उनले एमसीसी सम्झौता संसद्‌मा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबी समेत गरे ।-File Photo



प्रतिक्रिया दिनुहोस्