Logo

बालुवाटारमा गठबन्धनको बैठक बस्दै



काठमाडौं, फागुन १५ । अहिले विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ । आजको बैठक अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा केन्द्रित रहने जनाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने तय भएको गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संस्थागत निर्णय राख्ने स्रोतले जनाएको छ ।

आजै एकीकृत समाजवादीले सचिवालय बैठक डाकेको छ । हिजो शनिबार राति खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलपछि दाहाल–नेपाल लचिलो देखिएका छन् ।

देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot