Logo

ब्लड क्यान्सरपीडित शान्ता घर्तीको उपचारको लागि सहयोगको अपिल



काठमाडौं, १५ फागुन । रक्त क्यान्सर पीडित लमजुङ राईनासकी शान्ता कुमारी घर्तीको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ । लमजुङ राईनास निवासी बल बहादुर भुजेलले ४० वर्षीय श्रीमती शान्ता कुमारी घर्तीको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरेका हुन् ।

घर्तिको सिभिल अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि बिगत २ बर्षदेखि सिभिल अस्पताल बानेश्वरमा उपचाररत छिन ।
क्यान्सर पिडीत घर्तीको उपचारमा सहयोगको याचना गर्दै उनको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । उनको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सबैसँग सहयोगको अपिल गरेको हो ।

भुजेलले श्रीमतीको उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएकोले र आफुसँग भएको सबै सकिएपछि सहयोगको लागी आग्रह गरेको बताए । घर्तीको उपचारका लागि १८ लाख रुपैयाँ लाग्ने सिभिल अस्पतालले जनाएको छ । ‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे शान्ता कुमारी घर्तीले पुर्नजीवन पाउँथिन, त्यसैले सहयोगको अपिल गरेका हौं उनका छिमेकी एनआरएनए आईसिसि सदस्य एबं लमजुङ समाज कतारका संरक्षक पुर्ण बहादुर पोखरियाले भने । उनले सबैको सानो सानो सहयोगले घर्तिले पुनर्जीवन पाउने भएकाले बिश्वमा रहेका गैरआवाशिय नेपाली,लमजुङ स्थायी घर भएका र समस्त नेपालीहरुलाई आग्रह गरेका छन् । उनका लागि सहयोग उठ्ने क्रम जारी छ । परिवारले सबैसँग सहयोगको लागी आग्रह गरेको छ ।

घर्तीको उपचारका क्रममा १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न आवश्यक रकम सहयोग गर्न बिरामी शान्ता कुमारी घर्तीले आग्रह गरेकी छिन् ।

‘मलाई बचाउन सबैसँग सहयोगको अपील गर्दछु’ उनले भनिन्,‘कलिलै उमेरमा रोगले छोयो । छोरा छोरी सानै छन मलाई बाच्न मन छ । मलाई उपचार गर्न नसक्ने रोग लाग्यो । अहिलेसम्म उपचार गर्दा भएको पनि सबै सकियो । अब मेरो उपचार तपाईंहरुको सहयोगी हातबाट सहयोग पाए मात्रै सम्भव हुनसक्छ।’

घर्तीले सबै मनकारी मनहरुले गरेको सानो सहयोगले आफ्नो ज्यान बाच्ने र आफ्नो परिवारलाई ठुलो राहत हुने बताईन् । घर्तिले आफुलाई जस्तो रोग कसैलाई पनि नलागोस भन्दै भगवानको नामसमेत पुकारिन् । कार्यक्रम अवधिभर आखाबाट आशुको भेल बगाएकी घर्ति सबैले सहयोग गर्ने वचन दिएपछी पुनर्जीवनको आशामा बाचेकी छन् । घर्तीको उपचार खर्च जुटाउन स्थानीय युवा एनआरएनए आईसिसि सदस्य एबं लमजुङ समाज कतारका संरक्षक पुर्ण बहादुर पोखरियाले ईन्द्रेनी कार्यक्रममा लगेर सामूहिक अभियान संचालन शुरु गरेका छन् । सामाजिक सञ्जाल तथा घरदैलो अभियान गरेर उपचार खर्च जुटाउने काम पनि भइरहेको अभियन्ता बेन भुजेलले बताए ।

‘शान्ता कुमारी घर्ती बचाऊ अभियान’ लाई साथ दिन र घर्तिलाई सहयोग गर्न बिश्वमा रहेका सहयोगी मनहरुलाई अभियन्ता इन्द्रेणीका संचालक कृष्ण कंडेल,जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगाले, नेपाली महिला संघ कतारकी उपाध्यक्ष माया केसी,शिक्षक लक्ष्मी प्रसाद चिलुवाल लगायतले अनुरोध गरेका छन् ।

इन्द्रेणीमा आयोजित कार्यक्रममा शान्ता कुमारी घर्तीको उपचारको लागी संचालक कृष्ण कंडेलले रु ३००००, एनआरएनए आईसिसि सदस्य एबं लमजुंग समाज कतारका संरक्षक पुर्ण बहादुर पोखरियाले ६१०००, जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेले ११०००, नेपाली महिला संघ कतारकी उपाध्यक्ष माया केसीले ११०००, शिक्षक लक्ष्मी प्रसाद चिलुवालले १००००, बेन भुजेलले १०००० लगायत उपस्थितहरु वाट रु १४८००० सहयोग संकलन भएको थियो ।

घर्तिको लागी सहयोग संकलन गर्न सनराईज बैंक लिमिटेडको बेशीशहर लमजुङ शाखामा खाता खोलिएको छ । शान्ता कुमारी घर्तीको श्रीमान बल बहादुर भुजेलको नाममा बैंक खाता नम्बर ००४०९६३९७८२०८००१ रहेको खाता खोलिएको छ भने उनलाई सिधै सम्पर्क गर्नको लागी ९८६१४५६५५१ मोबाईल रहेको छ । उक्त खातामा सहयोग रकम पठाई आर्थिक अभावमा उपचार हुन नसकेकी आफ्नो उपचारमा सहयोग गर्न घर्तिले सबैलाई अनुरोध गरिन । एकले थुकि सकी सयले थुकि नदी भने जस्तै सबैले सहयोग गर्दा घर्तिले पुनर्जीवन प्राप्त गर्नेछिन् ।

पीडितको उपचार गर्न सकेसम्म सबैले आ आफ्नो ठाऊबाट सहयोग गरिदिन कार्यक्रम इन्द्रेणीमा उपस्थित अभियन्ताहरुले बिश्वभर फैलिएर रहेका नेपालीलाई आग्रह गरेका छन ।



प्रतिक्रिया दिनुहोस्