Logo

पल शाहको गाडी भेटियो



काठमाडौं, १५ फागुन । अभिनेता पल शाहले प्रयोग गर्दै आएको गाडी सिंहदरबार क्षेत्रमा भेटिएको छ । शाहले प्रयोग गर्दै आएको बा ०१ ०२६ च १०८४ नम्बरको निलो टाटा नेक्सन गाडीलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक नाबालिगले पल शाहले आफुलाई बलात्कार गरेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय तनहुँ मा जाहेरी दिएकी छिन् ।

प्रहरीले शाहलाई पक्राउ गर्न देश भरका प्रहरीलाई सर्कुलर जारी गरेको छ । यद्यपी पल शाह भने हालसम्म पक्राउ परेका छैनन् । उनी फरार छन् । प्रहरीले सोधपुछको लागि निर्देशक सुदर्शन थापालाई पनि नियन्त्रणमा लिएको थियो । Source: Anup Bhattarai



प्रतिक्रिया दिनुहोस्

Screenshot