Logo

प्रहरीसामु आज आत्मसमर्पण गर्दै पल शाह



काठमाडौं, १५ फागुन । बलात्कारको आरोपमा जाहेरी दर्ता भएपछि फरार अभिनेता पल शाह आज प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार प्रहरीसामु आफै उपस्थित हुने जानकारी दिएका हुन् ।
उनले आफ्नो स्वास्थ्यमा समस्ंया आएको, घर व्यवहार मिलाउन परेको र नयाँ फिल्म ‘म यस्तो गीत गाउछु २’को प्रदर्शनका कारण प्रहरीसामु उपस्थित नभएको पनि बताएका छन् ।

अभिनेता शाहले लेखेका छन, नमस्कार सबैमा ,मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २“ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद । ‘

एक नाबालिगले पल शाहले आफुलाई बलात्कार गरेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय तनहुँ मा जाहेरी दिएकी छिन् । प्रहरीले शाहलाई पक्राउ गर्न देश भरका प्रहरीलाई सर्कुलर जारी गरेपनि पल शाह भने हालसम्म पक्राउ परेका थिएनन् । प्रहरीले सोधपुछको लागि निर्देशक सुदर्शन थापालाई पनि नियन्त्रणमा लिएको थियो । केहि बेरको सोधपुछ पश्चात् निर्देशक थापालाई प्रहरीले रिहा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot