Logo

ओली सत्तामा फर्किने र निर्वाचनमा पराजयको भयले प्रचण्ड एमसीसी पारित गराउन राजी भए



काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयको रस्साकस्सीपछि एमसीसी पारित गराउने पक्षमा उभिएका छन् । धेरैले उनी एमसीसीको पक्षमा उभिन सक्दैनन् भनेर अड्कलबाजी गरेका थिए ।

तर, पार्टीभित्रको एमसीसीविरोधी जनमतलाई समेत विश्वासमा लिएर दाहालले एमसीसीको पक्षमा मतदान गर्ने भनेर पार्टीबाटै आधिकारिक निर्णय गराएका छन् । योसँगै सत्ता गठबन्धन पनि जोगिने र एमसीसी पनि पारित हुने अवस्था बनेको छ ।

तर, माओवादीका प्रभावशाली नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल र देवप्रसाद गुरुङ एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास गराउने निर्णयमा असहमति जनाएका छन् ।

प्रचण्ड भने सुरुदेखि नै वर्तमान गठबन्धन नभत्कियोस भन्ने चाहन्थे । र, उनले सोहीअनुसार आफ्नो कदम चाल्दै आएका छन् । पछिल्लो समय एमसीसीकै कारण गबन्धन टुट्न लागेको भनेर सबैभन्दा बढि चिन्तित दाहाल नै थिए ।

उनले प्रतिगमनविरुद्ध लडेर धेरै संघष गरेर गठबन्धन बनाउकोले जोगाउनुपर्ने बताउँदै आएका थिए । अहिले एमसीसीको विपक्षमा उभिँदा गठबन्धन भत्किने र पूनः सत्तामा एमाले अध्यक्ष केपी शर्मा ओली हाबी हुने दाहालमा चिन्ता थियो ।

अर्को, उनले आउने निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्दा धेरै ठूलो क्षति व्यहोर्नुपर्ने भएकोले सकेसम्म गठबन्धन कायम गरेर जाँदा नै फाईदा हुने निश्कर्ष निकालेका थिए । एमसीसीको विपक्षमा जाँदा राष्ट्रिय तथा अन्तर्राष्टिय परिस्थिति प्रतिकुल हुने आँकलन गरेर नै दाहालले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot