Logo

रुस युक्रेन द्वन्द्व-स्वीफ्टबाट रुसी बैँकहरुलाई प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रहरु सहमत



एजेन्सी, १५ फागनु । बेलायत, जर्मनी, इटली, क्यानडा, अमेरिका र युरोपीयन युनियनले रुसमाथि आर्थिक अंकुश लगाउनुका साथै स्वीफ्टबाट पनि रुसी बैँकलाई प्रतिबन्ध लगाउन सहमत भएका छन् । जर्मनी सरकारका प्रवक्ता स्टेफेन हेवेनस्ट्रेटले हिजो (शनिवार) उक्त विषयको जानकारी दिएका हुन् ।

उनले भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘अन्तर्राष्ट्रिय सम्झौता अन्तर्गत रहेका सम्पूर्ण रुसी बैँक र आवश्यक परे अरु केहि रुसी बैँकलाई स्वीफ्टबाट हटाइएको छ ।’ उक्त सम्झौता लागू भएलगत्तै अमेरिका, युरोपीयन युनियन, बेलायतलगायत केहि देशले रुसी अधिकारी र व्यक्तिहरुमाथि नयाँ कानुन लगाएको जनाइएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्