Logo

सेना दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता सुरु



महेन्द्रनगर, १५ फागुन: महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा जिल्लाभरका २८ समूह सहभागी छन् ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्घाटन गरे । सेना–नागरिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै सेनाले यहाँ स्वास्थ्य शिविर, मैत्री फुटबललगायतका कार्यक्रम आयोजना गरेको छ ।

यही फागुन १७ गते सेना दिवसका दिन समापन गरिने प्रतियोगिताका विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिने सेनाले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot