Logo

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा



काठमाडौं, १५ फागुन । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चैत १२ गतेका लागि नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको फागुन १३ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभाको लागि चैत २ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

गत वर्ष ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताहरुको हात खाली बनाएको हो ।

गत आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीले रू. १ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको थियो । उक्त अवधिसम्म शेयर प्रिमियममा रू. १ हजार, रिटेन्ड अर्निगमा रू. १ करोड ९ लाख र जगेडामा रू. १ करोड ४१ लाखभन्दा बढी रकम रहेको कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot