Logo

युक्रेनको तेल भण्डारमा आक्रमण भएपछि किभको हावामा सास फेर्न गाह्रो



एजेन्सी, १५ फागुन। रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । उक्त आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको बिबिसीले उल्लेख गरेको छ ।

रुसी क्षेप्यास्त्रले भासीलकीभको एउटा तेल डिपोमा आक्रमण गरेको त्यहाँका मेयरले बताएकी छन्। त्यसबाट विषाक्त धुवाँ निस्कने चिन्ता व्यक्त भएको छ । उनले त्यहाँ आगलागी भइरहेको बताएकी छन् । भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिएको छ।

यसअघि संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च अधिकारी (ओसीएचआर) ले उक्त हमलामा अहिलेसम्म युक्रेनका २ सय ४० जना हताहत भएको बताएका थिए। जसमध्ये कम्तीमा ६४ जनाको ज्यान गएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्