Logo

हिजो रातिनै तनहुँ पुगेका पलले प्रहरीसमक्ष गरे आत्मसमर्पण



काठमाडौं, १५ फागुन । नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समय अघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै तनँहु पुगेको बुझीएको छ ।

उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो ।

आजै बिहानमात्रै पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्वास्थ्य स्थिति बिग्रेको, घरव्यवहार मिलाउनु परेको र चलचित्र प्रदर्शन भइरहेको कारण समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्