Logo

माओवादीमा प्रचण्डको यसकारण देखियो बलियो पकड



काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बलियो पकड प्रमाणित भएको छ । उनले चाहेको निर्णय गर्न र गराउन सक्ने गरी पार्टीमा पकड बनाएको पुष्टि भएको हो ।

केही दिनअघि सम्म एमसीसीको विरोधमा थिए प्रचण्ड । उनले महाधिवेशनबाट पनि एमसीसी यथास्थितिमा पारित नगर्ने विषय निर्णय गराएका थिए । आज प्रचण्ड यु टर्न भए । माओवादीको पुरानो निर्णयलाई पनि यु टर्न गराए ।

माओवादी बैठकले एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय गर्यो । यसमा प्रचण्डकै जोडबल थियो । सत्ता गठबन्धन जोगाउन एमसीसी अनुमोदन गर्नुपर्ने भन्दा विरोधमा कमैमात्र खुल्न सके ।

नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले मात्र असहमति जनाए । नारायणकाजी र लिलामणि प्रतिनिधि सभा सदस्य होइनन् । मतदानको अधिकारी एमसीसी अनुमोदनको निर्णयमा असहमति जनाउने महरा, गुरुङ र पोखरेल मात्र प्रतिनिधि सभा सदस्य छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्