Logo

प्रहरीलाई सघाउँछु, अदालतले जे निर्णय गरेपनि म खुशी हुन्छुः पल शाह



काठमाडौं, १५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाहले प्रहरीलाई सघाउने बताएका छन् । आफ्नै युटुयुब च्यानलमार्फत २ मिनेट ४१ मिनेटको भिडियो शेयर गर्दै शाहले न्यायको आस्था अदालतले जे निर्णय गरेपनि आफुलाई खुशी हुने बताएका हुन् । उनले आफ्नो नयाँ फिल्म सबै दर्शक र टिमसँगै बसेर हेर्न इच्छा भएको पनि सुनाएका छन् ।

बलात्कारको आरोपमा जाहेरी दर्ता भएपछि फरार अभिनेता पल शाह आज प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार प्रहरीसामु आफै उपस्थित हुने जानकारी दिएका हुन् ।

उनले आफ्नो स्वास्थ्यमा समस्ंया आएको, घर व्यवहार मिलाउन परेको र नयाँ फिल्म ‘म यस्तो गीत गाउछु २’को प्रदर्शनका कारण प्रहरीसामु उपस्थित नभएको पनि जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot