Logo

नेपाली जनताकै बलबाट नेपालमा राजसंस्था निकट भविष्यमा स्थापना हुन्छ : राजेन्द्र लिङ्देन (भिडिओसहित)



काठमाडौं, १५ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराष्ट नेपालको स्थायित्वको आधार भएकोले आफूहरुले यो एजेण्डा बोकेर हिँडेको बताएका छन् । उनले अहिले राजसंस्था नहुँदा नेपालको जग हल्लिएको टिप्पणी गरे ।

उनले नेपाली जनताको बलबाट नै नेपालमा राजसंस्था निकट भविष्यमै स्थापना हुने दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु आफ्नो एजेण्डामा दृढ रहेको सुनाए । उनले आफू राजसंस्थाको पक्षमा दृढ र चट्टानी अडानमा रहेको सुनाए । उनले कहिलेकाहीँ श्रापपनि बरदानमा परिणत हुने भन्दै कमल थापाको श्रापलाई बरदानमा परिणत हुने विश्वास दिलाए । उनले अहिले पार्टीको उदय र विकास पनि भैरहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot