Logo

नेकपा (एस) ले एमसीसीको पक्षमा मत हाल्ने



काठमाडौं, १५ फागुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास गराउने निर्णय गरेको छ ।

संसद् बैठक बस्नुअघि बसेको पार्टीको स्थायी कमिटी बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो ।

आज (आइतबार) विहान बसेको सत्तापक्षीय गठबन्धनको बैठकको सहमतिअनुसार नै आफूहरु पनि अघि बढ्ने निर्णय भएको नेता डा. गंगालाल तुलाधारले जनाए ।

उनले आजको संसद् बैठकमा एमसीसी प्रस्तावमाथि विचार गरियोस भनेर सैद्धान्तिक छलफल हुने बताए । र, दलीय प्रतिनिधिको आधारमा छलफल हुनसक्ने उनले जनाए ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्