Logo

एमसीसीले नेपाललाई उपनिवेशी करणको बाटोमा धकेल्छ: भीम रावल



काठमाडौँ, १५ फागुन। नेकपा (एमाले)का नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन्। आज (आइतबार) सदनमा एमसीसीमाथिको छलफलका क्रममा उनले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताएका हुन्।

एमसीसीले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्ने नेता रावलको भनाइ थियो। उनले भने, ‘एमसीसीले नेपाललाई उपनिवेशी करणको बाटोमा धकेल्छ। नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्न खोजिएको छ।’ राष्ट्रिय स्वाधिनतासँग जोडिएको संवेदनशील विषयलाई होहल्लाका बीच सदनमा पेश गरिएको भन्दै उनले आपत्ति जनाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot