Logo

एमसीसीको पक्षमा बोल्दा ढुंगामुढा होला भन्ने खतरा भयोः बाबुराम भट्टराई



काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसीबारे लाजमर्दो गतिविधि गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेर प्रचण्ड र माधव नेपालले लाज छोपेको टिप्पणी गरे ।

‘केही साथीहरुले वातावरण विशाक्त गर्नुभयो,’ प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै बाबुरामले भने,‘पातलो लगुंटी लगाएर लाज छोप्नुभयो ।’
एमसीसीबारे अतिरञ्जित तरिकाले जनतालाई प्रचार गरेर भ्रम छरिएको टिप्पणी गरे । नैतिक दायित्वबाट पन्छने गतिविधि गरेको भन्दै राजनीतिबाट सन्यास लिन भने । एमसीसी यसअघिका प्रधानमन्त्रीहरुको पालामा समेत अगाडि बढेको उल्लेख गरे ।

एमसीसी पनि लिने, बीआरआई, विप्पा जस्ता सहयोग लिनुपर्ने भन्दै यसरी नै भ्रम फैलाएर विकास परियोजना रोक्न खोजे देशमा बुढाबुढी मात्र बसेर ढुंगामुढा जपेर बस्नुपर्ने अवस्था आउने बताए । उनले भने,‘यस्तै हो भने हाम्रा छोराछोरी देशमा बस्दैनन् । हामी बुढाबुढी मात्र बस्नुपर्ने हुन्छ ।’

एमसीसीबारे भ्रम फैलाउँदा आफ्नै निर्वाचन क्षेत्रमा जान नसकिने अवस्था बनेको बताए । उनले भने,‘एमसीसी अनुमोदनको पक्षमा बोल्दा ढुंगामुढा हुने खतरा छ ।’



प्रतिक्रिया दिनुहोस्