Logo

पुटिनद्वारा आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राख्न निर्देशन



एजेन्सी, १५ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राखेका छन् । नाटो सम्वद्ध देशहरुले रुसविरुद्ध सैन्य कदम चाल्नसक्ने संकेतहरु गरेपछि पुटिनले आणविक हतियार सम्वद्ध फौजलाई उच्च सतर्कतामा राखेका हुन् ।

समाचार एजेन्सी रोयटर्सले पुटिनले नाटोको पछिल्लो विज्ञप्तिपछि पुटिनले पछिल्लो तयारी गरेको जनाएको छ । आणविक फौजलाई उच्च सतर्कतामा राख्ने निर्देशन दिंदा पुटिनले सैनिक प्रमुखहरुलाई नजिकै राखेका थिए ।

पुटिनले हमलाको निर्देशन दिएको चौंथो दिन युक्रेनका मुख्य शहरहरुमा रुसी सैनिक पसेका छन् । राजधानी किभ र दोस्रो ठूलो शहर खारखिभमा पनि रुसी फौज पसेका छन् ।

युक्रेनका मुख्य शहरहरुमा रुसले बम हमला गरिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्