Logo

निःशुल्क गुर्जो वितरण अभियानमा निरन्तरता (फोटोफिचर)



काठमाडौं, १५ फागुन । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जो वितरण अभियानलाई निरन्तरता दिएका छन् । पछिल्लो समय गुर्जो वितरण अभियानमा राजलवटमात्रै नभएर उनका परिवारका सदस्यहरु र साथीहरु पनि सक्रियताका साथ लागिपरेका छन् ।

हिजोमात्रै उनले रौतहट जिल्लाको बाग्मतीमा आयोजित पतञ्जली योग समिती, मधेश प्रदेशको भव्य कार्यक्रममा उपस्थित सबैलाई गुर्जो चियाको सेवन गराएका थिए । साथै, उनले उक्त अवसरमा चिया प्याकेटको समेत सेवा गरेका थिए । उनकाअनुसार उक्त अभियानमा दाजु रमेश बहादुर राजलवट तथा काठमाण्डौ जिल्ला पतञ्जली योग समिति प्रभारी सुरेन्द्र रिमालको समेत सक्रिय सेवाभाव रहेको थियो ।

यता, बाग्मती सफाई अभियानको पशुपतिस्थित् राम मन्दिरमा नजिकको बाग्मती सफाईमा सहभागी तथा अभियन्ताहरूलाई राजलवटका बहिनी अञ्जु प्रधान एवं ज्वाइँ राजेश प्रधानले गुर्जो चियाको सेवा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot