Logo

दीपिका एयरपोर्टमा मास्क बिना देखिएपछि….



एजेन्सी, १६ फागुन । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो आमाबुवाको घर (माइती) बैंगलोर पुगेकी छिन् ।
एयरपोर्टमा पुगेकी दीपिकाको मास्क नलगाएका तस्बिरहरु बाहिर आएका छन् । यी तस्बिरहरूमा उनी बिना मास्क देखिएकी थिइन्, साथै उनको ह्यान्डब्याग पनि एक अंगरक्षकले समातेका थिए ।

यो सबै देखेर नेटिजन्सले उनलाई धेरै ट्रोल गरे । एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई अचम्म लाग्छ कि यी मानिसहरू कसरी मास्क बिना घुम्छन्।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ’ओहो मेरो पर्स पनि म्याडमले उठाएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot