Logo

रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ–२२५’ ध्वस्त



एजेन्सी, १६ फागुन। रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ–२२५’ ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ । युक्रेनको राजधानी कीभ नजिकै गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको ‘एन्टोनोभ–२२५’ रुसी आक्रमणमा परि ध्वस्त भएको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले जानकारी गराएका हुन् ।

६ वटा इन्जिन भएको ८४ मिटर लामो एन्टोनोभ कार्गो विमान विश्वकै ठूलो हो । उक्त विमानले सन् १९८८ मा पहिलो पटक उडान भरेको थियो । एन्टोनोभको व्यवस्थापन गर्दै आएको युक्रेनको सरकारी रक्षा कम्पनी युक्रोबोरोनप्रोमका अनुसार विमानको मर्मतका लागि ५ वर्षभन्दा बढी समय र ३ अर्ब अमेरिकी डलर लाग्न सक्नेछ ।

युक्रेनको उड्डयन र हवाई कार्गो क्षेत्रमा रुसले जानाजान क्षती पुर्याएको भन्दै विमानको सम्पूर्ण मर्मत लागत रुसले व्यहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्

Screenshot