Logo

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित



१६ फागुन: दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर, पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो । त्यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए ।

त्यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा संक्रमितहरु नबढेको त्यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तिव्र गतिमा बढेको पाइएको हो । तर, पछिल्ला केही दिनमा भने सो संक्रमण दर घट्दै गएको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot