Logo

यो हो अहिलेसम्मकै शक्तिशाली आणविक बम (भिडियोसहित)



एजेन्सी, १६ फागुन । विश्वको सबैभन्दा शक्तिशाली बमबारे विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । तर, परीक्षण भइसकेको दृष्टिले अहिलेसम्मको शक्तिशाली बम ‘जार बम’ हो । ‘जार’ रुसमा सम्राटका लागि प्रयोग गरिने शब्द हो ।

जार बम सन् १९६१ मा तत्कालीन सोभियत संघले परीक्षण गरेको हो । यो बम ५०० मेगाटन्सको हो ।

रुसले १९६० को दशकमा परीक्षण गरेको जार बमको प्रभाव १००० किलोमिटर सम्म देखिएको थियो । विष्फोटनको धुवाँ ६७ किलोमिटर माथिसम्म उठेको थियो । तल्लो तहमा ७० किलोमिटर र माथिल्लो तहमा ९५ किलोमिटरलाई बिष्फोटनले ओगटेको थियो ।

बिष्फोटको तरंगले पृथ्वीलाई तीन चक्कर लगाएको थियो । पहिलो चक्कर लाग्न ३६ घन्टा २७ मिनेट लागेको थियो ।

बिष्फोट भएको स्थानबाट ७८० किलोमिटरसम्म झ्यालका शिशा फुटेका थिए । २८० किलोमिटर टाढा पहाड सम्म पहिलो गएको थियो । ५५ किलोमिटर वरपरका सबै घरहरु ध्वस्त भएका थिए । ७०० किलोमिटर टाढासम्म कम्पन महशुश गरिएको थियो ।

रुसले जार बम जस्तै आणविक हतियार त्यतिबेलै देखि राखेको थियो । सन् २०१५ मा जार बम भन्दा दोब्बर शक्तिशाली आणविक हतियार विकास गरेको विषय बाहिर आयो । सन् २०१८ मा पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दा रुसले विभिन्न स्तरका आणविक हतियार निर्माण गरेको बताएका थिए । उनको जोस पनि बढेको थियो । यसबाट पनि रुस आणविक हतियारमा निकै शक्तिशाली रहेको बुझ्न सकिन्छ ।-Photo Source: AFP

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्ः

 



प्रतिक्रिया दिनुहोस्